अफगानिस्तानमा झण्डै २० वर्षको युद्धपछि तालिबानसँग अमेरिकाले वार्ताको तयारी गरे पनि विफल भएको थियो । वार्ताको क्रममा अमेरिकी सेना फिर्ता हुने सहमति भए पनि त्यो पूरा हुन सकेन, अर्को तर्फ तालिबान हमला पनि रोकिएको छैन । तर अमरिकी गुप्तचर संस्थाले तालिवानसंगको अमेरिकाको वार्ता हुन् नसक्नुका कारणहरुमध्ये एक रुसलाई पनि उल्लेख गरेको छ।
न्युयोर्क टाइम्सले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार रुसी सेनाले अफगानिस्तानमा अमेरिकी सेना र उससँग सम्बद्ध फौजको हत्या गर्न त्यहाँस्थित आतंकवादी शक्तिलाई इनामको प्रस्ताव गरेको खुलासा भएको छ ।अमेरिकी गुप्तचरले यस्तो सूचना पत्ता लगाएको थियो । रिपोर्टका अनुसार गत वर्ष पनि रुसी सेनाले युरोपमा यस्तै गराएको थियो ।
रुसी सेनाले इस्लामिस्ट आतंकवादी वा अन्य सशस्त्र समूहलाई अमेरिकी सेनाको हत्या गरेवापत पैसाको इनाम दिने गरेको रिपोर्टमा उल्लेख छ ।