कोराना संक्रमणबाट पोखरामा दोश्रो व्यक्तिको मृत्यु

कोराना संक्रमणबाट पोखरामा दोश्रो व्यक्तिको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ असार २०७७
  • 5.2K
    Shares

कोराना भाइरस (कोभिड -१९) को संक्रमणबाट पोखरामा दोश्रो व्यक्तिको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसियुमा उपचाररत स्याङजाको सिरुवारीका ५५ बर्षिय पुरुषको मृत्यु संगै पोखरामा मृत्यु हुनेको संख्या दुई पुगेको हो।

साबिक एपश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यका अनुसार, असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि आईसियुको भेन्टिलेटरमा राखी उपचाररत उनको १० गते राति ११ बजेर ३५ मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको हो।

यस अघि सोही अस्पतालमा उपचाररत स्याङ्जा वालिङका ६० बर्षीय पुरुषकाे पनि मृत्युु भएकाे थियो।

प्रतिक्रिया