जागीरबाट निकालिए पछि अछामको बयालपाटा अस्पतालका कर्मचारीद्वारा आत्मदाहको प्रयास (भिडियोसहित)

जागीरबाट निकालिए पछि अछामको बयालपाटा अस्पतालका कर्मचारीद्वारा आत्मदाहको प्रयास (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ जेष्ठ २०७७
  • 3.1K
    Shares

घाइते सिद्धार्थ आउजी

अछाम जिल्लाको बयालपाटा अस्पतालमा जागीरबाट निकालिएका एक कर्मचारीले अस्पताल प्रांगणमै आत्मदाहको प्रयास गरेका छन् ।

अस्पतालको जागीरबाट निकालिएका हाईजनिक हेड सिध्दार्थ आउजीले अस्पतालको परिसरमै आफ्नो शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन ।

अस्पतालको आकस्मिक कक्ष अगाडी आफ्नै शरिरमा आगो लगाएका आउजीको अस्पतालका कर्मचारीहरुले तत्कालउद्धार गरेका थिए । जलेर घाईते भए पछि उनलाई हेलिकप्टरमार्फत  थप उपचारका लागी नेपालगञ्ज लगिएको छ ।

यसअघि उनीसंगै ३३ जना कर्मचारीलाई बयालपाटा अस्पतालले आर्थिक स्रोतको अभाव रहेको बताउदै जागीरबाट निकालेको थियो ।

जागिरबाट निकालीए पछि उनीहरुले सबै तिर हारगुहार गर्दा समेत अस्पतालले पुनस्थापित गर्न मानेको थिएन ।

प्रतिक्रिया