गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ ।अाईतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे अाईसाेलेसनमा भर्ना गरिएका स्याङ्जा वालिङका ६० बर्षीय पुरुषकाे मृत्युु भएकाे गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका प्रवत्ता डा विनाेद विन्दु शर्माले जानकारी दिएका छन्।
भारतको नयाँ दिल्लिबाट २१ गते साँझ वालिङ आएका उनी अत्यन्तै बिरामी थिए र २२ गते उनलाई पोखरा पठाईएको थियो ।
त्यस्तै निर्देशनालयले पोखरा महानगरपालिका घर भएका र हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि गरेको छ। उनीसंगै पोखरा महानगरभित्र कोरोना संक्रमितको संख्या पांच पुगेको छ।
