भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का ती युवकको मृत्युसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
नेपाल फर्कने क्रममा यही जेठ १० गते बाटोमै मृत्यु भएका ती युवकको भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।
घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।