लकडाउनले सर्वत्र भय र त्रास फैलाइरहेका बेला बिद्रोही ने.क.पा.का महासचिव बिप्लवका छोरा प्रकाश चन्दसहितको स्वास्थ्य टोलीले आफ्नो जन्मथलोमा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ। महासचिब विप्लवका छोरा प्रकाशचन्दसहितका स्वास्थ्यकर्मीहरुले कपिलवस्तुको शिवराज नगरपालिककामा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरेका हुन् ।
विप्लवको गृहनगर रहेको शिवराज नगरपालिका-९ का विभिन्न स्थानमा गरिएको शिविरमा पाँचसय ३० जना बिरामीको उपचार गरिएको विप्लबपुत्र प्रकाशले जानकारी दिए ।
चिकित्सा शिक्षा संर्घष समिति र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको संयुक्त आयोजनामा गरिएको शिविरमा शिवगढी भोकरमा ५०, भगवानपुरमा एक सय, रमाधमा एकसय ८०, तुरुन्तपुर शहीद स्मृति प्रतिष्ठानमा दुई सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
पाँच दिनसम्म चलेको शिविरमा छाला, एलर्जी, उच्चरक्तचाप, मधुमेह, महिला सम्बन्धी विभिन्न रोगको उपचार गरिएको प्रकाशले जानकारी दिए । सो शिविरमा आउनेहरुलाई नि:शुल्क मास्कसमेत वितरण गरिएको थियो ।





