लक डाउनमा एम्बुलेन्समार्फत भारतीय नागरिक नेपाल छिराउने एम्बुलेन्स चालकसहित दुई जनालाई अभद्र ब्यबहार मुद्दामा कारबाही

लक डाउनमा एम्बुलेन्समार्फत भारतीय नागरिक नेपाल छिराउने एम्बुलेन्स चालकसहित दुई जनालाई अभद्र ब्यबहार मुद्दामा कारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ बैशाख २०७७
  • 4.4K
    Shares

एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका- २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं.३ बस्ने २७ वर्षीय अनिल पटेल

कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउन लगाइरहेको बेला सीमा नाका कटाएर दुई भारतीय यात्रु नेपाल छिराउने एम्बुलेन्स चालकसहित दुईजनालाई प्रहरीले अभद्र ब्यबहार मुद्दामा कारबाही गरेको छ।  

एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका- २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं.३ बस्ने २७ वर्षीय अनिल पटेल कारबाहीमा परेका हुन् । भारतीय ब्यक्तिलाई एम्बुलेन्समा राखी नेपाल प्रवेश गराउँदै गरेको अवस्थामा बोर्डर आउटपोष्ट बरैनियाको टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतको पटना घर भई काठमाडौंमा बस्ने ४५ वर्षीय अमृत कुमारलाई उनीहरुले बारा विश्रामपुर गाउँपालिका-३ स्थित मुसर्वा नाकाबाट नेपाल प्रवेश गराएका थिए । एम्बुलेन्ससहित नियन्त्रणमा लिई सशस्त्र प्रहरीले प्रहरी चौकी बलिरामपुरको जिम्मा लगाएको थियो ।

बिरामी बोक्ने एम्बुलेन्समा यात्रु ओसार्ने उनीहरु विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय बारामा अभऽ व्यवहार मुद्दा दर्ता गरेको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासलेे आइतबार चालक राजनसँग ७ हजार र सञ्चालक अनिलसँग २८ हजार धरौटी माग गरेको छ । दुवै जनाले धरौटी रकम बुझाएर तारिखमा छुटेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

भारतीय नागरिकलाई भने भारतीय समकक्षी एसएसबी ४७ बटालियन डि कम्पनीलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले जानकारी दिए । ‘

प्रतिक्रिया
सम्बन्धित समाचार