राजा बीरेन्द्रको बंश नाश बारे पुर्व राजा ज्ञानेन्द्रको नातिनी पूर्णिकाको यस्तो छ खुलासा

राजा बीरेन्द्रको बंश नाश बारे पुर्व राजा ज्ञानेन्द्रको नातिनी पूर्णिकाको यस्तो छ खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ बैशाख २०७७
  • 7.1K
    Shares

नेपालबाट राजतन्त्र हटेको एक दशक काटिसकेको छ।  तर देशमा व्याप्त राजनीतिक अस्थिरता र  देशबासीमा अहिले आएर राजतन्त्रप्रति फेरी बिस्वास जाग्न थालेको हो कि भन्ने भान हुन् थालेको छ। त्यही राजतन्त्रका केही पात्रहरुको क्रियाकलापले नेपालीहरुको मन बिसतारै तान्न थालेको छ।

पुर्व युवराज पारसको छबीले नेपालि जनमानसमा खराब पात्रको रुपम चित्रित हुँदै गैरहेको अवस्थामा उनकी श्रीमती हिमानी शाह र छोरी पूर्णिका युवा पुस्तामा बिस्तारै चर्चित हुन् थालेको छ।

पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले थाइल्यान्डमा इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत छिन र उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।

सामाजिक सञ्जालमा फलोअर्सहरूले ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने १९ वर्षकी पूर्णिकाले सामाजिक संजालमार्फत नै आफ्नो चातुर्यता देखाउन  छिन।

‘qooh.me’ नामक वेवसाइटमा अकाउन्ट खोलेकी पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका ४८ वटा प्रश्नको जवाफ दिएकी छिन् । यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ ।

त्यही वेबसाइटमा रहेका फलोअर्सहरुमध्ये एकले उनको निजि जीवन र सबैले चासोको रुपमा लिएको एक प्रश्नमा उनले चातुर्यतापुर्वक जवाफ दिएकी छिन।

पूर्णिकालाई सोधिएको छ कि ‘तपाईंका बुबा र हजुरबुबाले वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या किन गरे ?’ त्यस प्रश्नमा उनको जवाफ थियो, ‘‘यदि तपाईंलाई यो कुरा साँचो लाग्छ भने मलाई किन फलो गर्नुहुन्छ ?’

त्यति मात्र हैन पूर्णिकाले आफू प्रेममा रहेको संकेत पनि गरेकी छिन् । एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए । यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’

पढाइ सिध्याएपछि सधैंका लागि नेपाल फर्किने सोंच बनाएकी पूर्णिकाले राजनीतिमा आफ्नो रुचि नरहेको बताएकी छिन् । उनी भविष्यमा कुनै आध्यात्मिक कर्ममा संलग्न हुने योजना बनाइरहेको उल्लेख गरेकी छिन।

पूर्णिकासँगका अन्य केही रमाइला प्रश्नोत्तर यस्ता छन् :

प्रश्न : धेरै नेपाली केटीहरू तपाईंका भाई हृदयन्द्रप्रति हुरुक्क हुन्छन् । उनको बारेमा टिकटक भिडियो बनाउँछन्, दिउँसै सपना देख्छन्, आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गर्छन् । उनीहरूलाई तपाईंको सन्देश के छ ?

पूर्णिका : सबैको माया र साथलाई हामी कदर गर्छौं ।

प्रश्न : तपाईंको प्रेरणा स्रोत को हो ?

पूर्णिका : मेरी आमा

प्रश्न : तपाईंको सबैभन्दा ठूलो शक्ति के हो र तपाईं तनाव र दबाबलाई कसरी सामना गर्नुहुन्छ ?

पूर्णिका : मेरी आमा नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ । उहाँले सधैं मलाई राम्रो मान्छे बन्नलाई प्रोत्साहन गर्नुभयो ।

प्रश्न : तपाईंले कहिल्यै कसैलाई थप्पड हान्नुभएको छ ?

पूर्णिका : अँ, हानेकी छु ।

प्रश्न : रोमान्टिक फिल्म कि हरर फिल्म रुचाउनुहुन्छ ?

पूर्णिका : हरर

प्रश्न : थाइल्यान्डमा तपाईं कुन कारमा यात्रा गर्नुहुन्छ ? तपाईंसँग कतिवटा कार छन् ?

पूर्णिका : मसित कार छैन । म यहाँ सार्वजनिक सवारीसाधनमा यात्रा गर्छु ।

प्रश्न : तपाईं आफ्ना भाइबहिनीसँग कत्तिको झगडा गर्नुहुन्छ ?

पूर्णिका : हामी त कुकुर र बिरालो जस्तै झगडा गरिरहन्छौं ।

प्रश्न : तपाईंको चम्किलो त्वचाको रहस्य के हो ?

पूर्णिका : स्न्यापच्याट फिल्टर !

प्रश्न : तपाईंले आफ्नो भाइका फ्यानगर्लहरूको टिकटक हेर्नुभएको छ ?

पूर्णिका : हेरेको छु । ‘क्युट’ छ ।

प्रश्न : तपाईं शाकाहारी हो ?

पूर्णिका : अहिले होइन । भविष्यमा हुन्छु होला ।

प्रश्न : तपाईंको भाइबहिनीको सबैभन्दा राम्रो गुण के हो ?

पूर्णिका : उनीहरूको हृदय कोमल छ ।

प्रश्न : तपाईं कहिल्यै एकान्तमा रुनुभएको छ ?

पूर्णिका : रोएको छु ।

प्रश्न : मैले तपाईंका बारेमा दुईवटा कुरा सुनेको छु । तपाईंले संस्कृत पढ्नुभएको छ र तपाईं नेपाली भाषामा राम्रा कविता लेख्नुहुन्छ । यी कुरा सत्य हुन् ?

पूर्णिका : म संस्कृत जान्दिनँ र नेपालीमा कविता पनि लेख्दिनँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार