प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली “आराम गनर्” भन्दै बैठकबाट बाहिरिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा विना निष्कर्ष सकिएको छ । पार्टी स्थायी कमिटिी बैठकका लागि एजेण्डा तय गर्न बसेको पार्टी सचिवालयको बैठक विना निष्कर्ष सकिएपछि पार्टी स्थायी कमिटीको बैठक पनि अनिश्चित भएको छ ।
बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका थिए । त्यसैले बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकका एजेन्डाबारे दुई अध्यक्षबीच कुरा नमिलेकै कारण बिहीबार बस्ने भनिएको बैठक अनिश्चित बनेको हो ।