लकडाउनमा नेपाल भित्रिएको भारतीय ट्रकमा अबैध एक करोड १० लाख भारु बरामद, चालक र सहचालक पक्राउ

लकडाउनमा नेपाल भित्रिएको भारतीय ट्रकमा अबैध एक करोड १० लाख भारु बरामद, चालक र सहचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ बैशाख २०७७
  • 5.1K
    Shares

सिमानाका बन्द गरी लक डाउन चलिरहेका बेला अत्यावश्यक वस्तुको ढुवानीको नाममा नेपाल भित्रिएको एक भारतीय नम्बर प्लेटको ट्रकबाट झन्डै एक करोड १० लाख अबैध भारतीय रुपियाँ बरामद भएको छ।

भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले मोरङको रानीबाट एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठका अनुसार, बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको छन् । भारतमा पांच सय र एकहजार दरका नोट प्रतिबन्ध रहेको छ।  बरामद रकम गन्‍ने क्रम जारी रहेकाले अझै बढ्न सक्‍ने सशस्त्र प्रहरीको अनुमान छ । प्रहरीले ट्रकका चालक र सह-चालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

त्यति ठुलो मात्रामा सो रकम कसले किन नेपाल भित्र्याउन खोजेको हो एकिन हुन् त सकेको छैन।  तर तस्करले आफ्‍नो धन्दा चलाउन उक्त रकम भित्र्याएको हुन सक्‍ने प्रहरी अधिकारीले अनुमान गरेका छन् ।

यसअघि रक्सौलबाट भित्रिएको इन्धनको ट्यांकरबाट र विराटनगरमै राहतको सामान वितरणका लागि रााखिएको गाडीबाट लागूऔषधसहित मानिस पक्राउ परेका थिए ।

प्रतिक्रिया