नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वका केन्द्रीय सदस्य एबम प्रकाशन बिभाग प्रमुख अनिल शर्मा ‘बिराही’लाई प्रहरीले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट आज गिरफ्तार गरेको छ।
चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए । ‘रमेश रिमाल’को नामबाट अस्पतालमा भर्ना भै उपचार गरिरहेको अवस्थामा उनलाई सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको बताइएको छ।
नेता शर्मा गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुस्टि गरिसकेको छ। यस अघि गएराति ईलाम जिल्ला ईन्चार्ज पुष्प कोईराला सहित तीन जनालाई गिरफ्तार गरेको छ । इलामको माई नगरपालिका–९ बोरुङबाट गएराति कोईराला सहित अन्य दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा ताप्लेजुङ लिकुखोला घर भएका २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका , पासाङ तामाङ रहेका छन् ।बासबसेकै ठाँउबाट उनीहरुलाई नियन्त्रणमा लिएर दानाबारी हुदै जिल्ला प्रहरी कार्यलयमा पुर्याईएको ईलाम प्रहरीले जनाएको छ ।