युवालाई पक्राउ गर्न खोजिएपछि नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप, प्रहरी भ्यान तोडफोड

युवालाई पक्राउ गर्न खोजिएपछि नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप, प्रहरी भ्यान तोडफोड


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ बैशाख २०७७
  • 1.9K
    Shares

वडा प्रहरी कार्यालय नेपालगञ्जको बा १ झ ८२८४ नम्बरको गाडी

कर्फ्यु शुरु हुनु अघि बजारमा तरकारी किन्न पुगेका एक युवालाई प्रहरीले पक्राउ गर्न खोजेपछि नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप भएको छ । नेपालगञ्जको त्रिवेणी चोकमा रहेको तरकारी बजारमा भिड देखेपछि भिड कम गर्न पुगेको प्रहरी र त्यहाँ उपस्थित स्थानिय बासिन्दाबीच केही बेर भनाभन भएको थियो।  त्यही क्रममा प्रहरीसंग बिबाद गरेको भन्दै प्रहरीले एक जना युवालाई पक्राउ गर्न खोजेको थियो।

प्रहरीले अनाबस्यक रुपमा बल प्रयोग गरी युवालाई पक्राउ गर्न खोजेको भन्दै स्थानीय बासिन्दाले प्रहरीमाथी ढुंगामुढा गरेका थिए।

होहल्ला गरेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेपछि आक्रोशित भिडले प्रहरीमाथि ढुंगामुढा गरेको हो भने आक्रोशित स्थानीय बासिन्दाले वडा प्रहरी कार्यालय नेपालगञ्जको बा १ झ ८२८४ नम्बरको गाडीमा ढुंगामुढा गरी तोडफोड गरेका छन्। .अहिले स्थिति नियन्त्रण आइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार प्रहरीले बिहान ११ बजेसम्म अत्याश्वयक सामग्री खरिदका लागि बजारमा निस्किन अनुमति दिएको थियो । तर, बजारमा भिड बढेपछि प्रहरीले तितरवितर पार्न खोजेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार