कोरोना संक्रमितको संख्यामा निरन्तर बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा भोलि मंगलबार बिहान ११ बजेदेखि वैशाखस २५ गतेसम्म तीन दिन कर्फ्यू लगाउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले तीन दिनसम्म नेपालगञ्जमा कर्फ्यू लगाउने निर्णय गरेको हो ।
संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागू गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। प्रजिअ खड्काका अनुसार, कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न पाइने छैन ।
बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा ३ दिन कर्फ्यू लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।