एलिजा क्षेत्री/ पोखरा।
कोरोना भाइरस आफ्नो वडामा छिर्न नदिन एकजुट भएका पोखरा महानागरपालिका वडा नम्बर २० साविक भलाम र मौजा गाबिसका जनता पोखरामा देखिएको रगत अभाव पुरा गर्ने प्रयासमा पनि एक गठ देखिए।
कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लक डाउनकाकारण पोखरामा देखिएको रगत अभाव पुरा गर्ने प्रयास स्वरुप पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेका सबै युवा क्लबहरुले आज संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरे र एकसय ८१ युनिट रगत पनि संकलन गरे। सरकारले लक डाउन गरे यता धेरै रगत पहिलो पटक संकलन भएको रक्त संचार केन्द्र पोखराले जनाएको छ।
श्रृङखला क्लबको संयोजन तथा एकता सामुदायिक क्लबको सह-संयोजनमा भएको उक्त बृहत रक्तदान कार्यक्रमलाई पोखरा-२० मा रहेका नवोदय युवा क्लब, लालीगुराँस युवा क्लब, सृजनशील युवा क्लब, डाँडागाउँ युवा क्लब, घारी क्लब, जनजागरण युवा क्लब, थानापति युवा क्लब, कुरा युवा क्लब, प्रयत्नशील युवा क्लब, शिवशक्ती युवा क्लब, जनउत्थान युवा क्लब र श्री सीता युवा क्लब लगायतले संयुक्त रुपमा आयोजना गरेका थिए। त्यस रक्तदान कार्यक्रम सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं. २० को कार्यालयले विशेष सहयोग गरेको थियो ।

पोखरामा रगत अभाव देखिएको अवस्थामा पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेका सम्पूर्ण युवा क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल रडक्रस सोसाइटी कास्कीका अध्यक्ष डोलराज पाण्डेले खुशी प्रकट गरे। उनले यस्तो बिपत्तिको समयमा पनि आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने कार्य गरेकोमा सम्पूर्ण स्वयंसेवी रक्तदातालाई धन्यवाद दिँदै नियमित रुपमा रक्तदान गर्न समेत सबैलाई आग्रह गरे ।
सोही कर्यक्रमम पोखरा महानगर महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले सराकारद्वारा लगाइएको लकडाउनको परिधिलाई ख्यालमा राखेर रक्तदान जस्तो पुनित कार्यमा स्थानिय क्लबहरुले अग्रसरता देखाएकोमा प्रसन्नता प्रकट गरे। वडाध्यक्ष गुरुङले रगत दानभन्दा ठूलो अरू दान हुनै नसक्ने जिकिर गर्दै आगामी दिनहरुमा पनि आयोजना हुने रचनात्मक कार्यहरुमा वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
श्रृङखला युवा क्लबका अध्यक्ष जीवन अधिकारीको संयोजनमा भएको त्यस रक्तदान कार्यक्रममा एकता सामुदायिक क्लबका रबि कार्कीले कस्ता मान्छेले रक्तदान गर्नहुन्छ र कस्ता रोगीले रक्तदान गर्न हुन् भन्ने बारेमा स्पस्ट पारेका थिए।
श्रृङखला युवा क्लबका सचीव रेशम खत्रीले संचालन गरेको त्यस कार्यक्रममा वडाका जनप्रतिनिधि, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, सम्पुर्ण क्लब, टोल बिकास संस्था, आमा समूह, लगायत स्वमसेवकहरुको उल्लेख्य सहभागिता रहेको थियो।
रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै लकडाउनको समयलाई सदुपयोग गरेर सामाजिक दुरी कायम गर्दै सावधानीओउर्बक सुरक्षित ढंगले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले दाबी गरेको छ।
