आफ्ना समर्थकलाई उपभोक्ता समितिमा नराखेको भन्दै कांग्रेस कार्यकर्ताले वडाध्यक्ष कुटे, पाँच जना पक्राउ

आफ्ना समर्थकलाई उपभोक्ता समितिमा नराखेको भन्दै कांग्रेस कार्यकर्ताले वडाध्यक्ष कुटे, पाँच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ बैशाख २०७७
  • 4.4K
    Shares

त्नलाल न्यौपाने

मन्दिर निर्माणका लागि गठन भएको उपभोक्ता समितिको विषयमा बिबाद हुँदा स्थानीय बासिन्दाले कालीकोटको पचालझरना गाउँपालिका-१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट गरेका छन्।

बुधबार साँझ वडाको बैठक सकेर घर फर्किदै गर्दा मन्दिर निर्माण गर्न गठन हुने उपभोक्ता समितिको विषयमा वडा कार्यालयका सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गरिरहेको देखेपछि छुुट्याउने क्रममा वडाध्यक्ष न्यौपानेमाथि कुटपिट भएको बताइएको छ।

घाइते वडाध्यक्ष न्यौपानेको टाउको, नाक, हात र छातीमा चोट लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सनमा राखेर कोहलपुर मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

यसैबीच कुटपिटमा संलग्न पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसका स्थानिय कार्यकर्ता पारस न्यौपाने , उमेश, तिलक, जनक र कमल न्यौपाने रहेको बताएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय पचालझरनाले नियन्त्रणमा लिएर जिल्लामा पठाएको हो । उनीहु अधिकांश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समर्थक कार्यकर्ता रहेको बताइएको छ।  उनीहरुले आफ्ना समर्थकलाई मन्दिर निर्माण उपभोक्ता समितिमा नराखेको भन्दै बिबाद गरेको र सोही क्रममा वडाध्यक्ष न्यौपानेमाथि कुटपिट गरेको प्राप्त समाचारमा जनाइएको छ।

गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले दुव्र्यवहार र कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।  अध्यक्ष सेजुवालले यस्तो कार्यले जनप्रतिनिधिको कार्यसम्पादनमा गम्भीर असर पर्न गई सेवा प्रवाह नै प्रत्यक्ष प्रभाव पर्ने समेत बताएका छन ।

अध्यक्ष सेजुवालले अपराधिक मानसिकता भएका अराजक समूहले न्यौपानेमाथि गरिएको आक्रमण निन्दनिय भएको बताएका छन । उनले हातपात गर्नेलाई कानुनी दायरामा ल्याउने दोषीमाथि कारबाहि हुने समेत जानकारी दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार