कैलाली जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवान प्रहरी कार्यालयभित्रै मृत अवस्थामा फेला परेका छन्। २९ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बुधबार बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृतअवस्थामा फेला परेका हुन् । उनी अछामको सायल गाउँपालिका–६ का हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार, राति खाना खाएर ब्यारेकमा सुतेका बोहोरालाई बिहान ३ बजे ड्युटीको लागि उठाउन खोज्दा मृत अवस्थामा फेला परेका थिए। उनको मृत्यु के कसरी भयो भन्ने बारेमा आवस्यक अनुसन्धान भैरहेको डिएसपी बस्नेतले जानकारी दिए।
इलाका प्रहरी कार्यालय सुखडमा दरबन्दी भएका बोहरा विगत ५ महिनादेखि खिमडीमा खटिएका थिए ।