सर्वसाधारण जनताले संचालन गरेका पसलहरु बन्द गरेर ठुलो लगानी रहेको भाटभटेनी सुपरमार्केट संचालन गर्न दिएको भन्दै चर्को बिरोध भएपछी काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गरिदिएका छन्।
धेरै मानिस जम्मा हुने भाटभटेनी सुपरमार्केटमा भौतिक दुरी कायम हुन् नसक्ने भएकाले कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै वडाध्यक्ष ढकालले काठमाडौंको अनामनगरस्थित भाटभटेनी सुपरमार्केट बन्द गरिदिएका हुन्। शुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको वडाध्यक्ष ढकालले जानकारी दिए ।
साना पसलहरु सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनी दिनभर खुला हुने गर्दथ्यो । सुरक्षाका लागि बाहिर दूरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भीड लाग्ने गरेको थियो । भित्र दूरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए ।
अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरुमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् ।