लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीले औषधि किनेर घर फर्किएका दुई युवाहरुलाई लौरो भाँचिने गरी निर्घात कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेपछि ससस्त्र प्रहरीले त्यस घटनासम्बन्धमा छानबिन शुरु गरेको छ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठका अनुसार, ससस्त्र प्रहरीले त्यस घटना सम्बन्धमा आबस्यक अनुसन्धान शुरु गरेको हो।
सामाजिक संजालमा भाइरल बनेको भिडियोमा, सप्तरी जिल्लाको सस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत ससस्त्र प्रहरीले औषधि खरिद गरी घर फर्किदै गरेका बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई लौरो भाँचिने गरी कुटपिट गरेको प्रस्ट देखिएको छ ।
त्यस भिडियोमा, घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा रहेका उनीहरुलाई ससस्त्र प्रहरीले लाठी भाँचिने गरी कुटपिट गरेका छन्। दुबैलाई भुइँमा घोप्टो पारेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।