बिद्रोही ने.क.पा.को कतारमा गठित समानान्तर समितिद्वारा अर्को समुहका अध्यक्ष जेपी किशोरलाई संगठनबाट निष्कासनको घोषणा

बिद्रोही ने.क.पा.को कतारमा गठित समानान्तर समितिद्वारा अर्को समुहका अध्यक्ष जेपी किशोरलाई संगठनबाट निष्कासनको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ चैत्र २०७६
  • 6.3K
    Shares

साजन गुरुङ र जेपी पोद्दार

हालै समानान्तर रुपमा गठन भएको बिद्रोही ने.क.पा.को कतारस्थित प्रबासी भात्री संगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले अर्को समितिका अध्यक्ष जेपी किशोर पोद्दारलाई कारबाही गर्दै संगठनबाट निष्कासन गरेको घोषणा गरेको छ।

समानान्तर समितिका अध्यक्ष साजन गुरुङको अध्यक्षतामा बसेको पहिलो बैठकले ‘संगठन यस्तो गम्भीर मोडमा आइपुग्नुको मुख्य दोषी मोर्चाको सातौ अधिबेशनद्वारा निर्वाचित अध्यक्ष जेपि किसोर पोद्दार रहेको’ ठहर गर्दै उनलाई संगठनबाट निस्कासन गर्ने निर्णय गरेको बताइएको छ।  बैठकपश्चात जारी प्रेस बिज्ञप्तिमा  ‘संगठनलाइ नै लंगडो बनाउने जस्ता गम्भीर त्रुटिपूर्ण कार्यहरु दोहोरिन नदिन मोर्चाको सातौ अधिबेशन द्वारा निर्वाचित अध्यक्ष जेपि किसोर पोधारलाई मोर्चाको कुनै पनि जिम्मेवारी पदमा नरहने गरि कार्वाही स्वरुप निष्कासन गरिएको’ उल्लेख गरिएको छ ।

समानान्तर समितिले आफुहरुको संगठन नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.को आधिकारिक संगठन भएको दाबी गर्दै कतारमा आफ़ुहरुभन्दा अरु कुनै संगठन बिद्रोही ने.क.पा.को भात्री संगठनका रुपमा नरहेको दाबी गरेको छ । अद्यापि बिद्रोही ने.क.पा.ले भने यस बारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।  तर कतार मोर्चाको समानान्तर कमिटी गठन कदमप्रति बिद्रोही ने.क.पा.को साउदी र युएई मोर्चाले पनि ऐक्यबद्धता व्यक्त गरिसकेको छ।

जेपी किशोर पोद्दारलाई कारबाही गरिएको बारे समानान्तर समितिद्वारा जारी बिज्ञप्ति

प्रतिक्रिया