ज्वाला सिहका कमाण्डर भारतबाट पक्राउ

ज्वाला सिहका कमाण्डर भारतबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ पुष २०७३
  • 13K
    Shares

विजय पटेल

जनतान्त्रिक तरार्इ मुक्ति मोर्चा ज्वाला सिंह समुहका बारा जिल्ला कमाण्डर विजय पटेल भारतमा पक्राउ पर्नुभएको छ । बारा फेटाका ४० वर्षीय पटेललार्इ भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले रामगढवाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरीको विशेष टोलीले भारतीय प्रहरीको सहयोगमा पटेललाई पुस ५ गते पक्राउ गरेको थियो । पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले बताउनुभयो ।
२०६६ साल बैशाख १७ गते बाराको कलैया नगरपालिका(१० निवासी शिक्षक प्रदीप तिमल्सिनाको गोली हानी हत्या भएको घटनामा पटेल संलग्न रहेको प्रहरीको मुद्दा अभिलेखमा उल्लेख छ।

प्रतिक्रिया