कुवेतको अलमुत्ला भने ठाँउमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर मरेका छ नेपालीमध्ये चार नेपाली मजदुरको पहिचान खुलेको छ।
सो दुर्घटनामा परेर मृत्यु भएका पाल्पाका एकबहादुर गाहा मगर, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङ्गका बसन्त गुरुङ र दाङ्गका श्यामनारायण चौधरीको पहिचान खुलेको कुवेतस्थित नेपाली राजदुतावासले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर मृत्यु भएका बाँकी दूइ जनाको पहिचान खुल्न बाँकी रहेको छ।
सोही दुर्घटनामा परेर घाइते भएका धर्मेन्द्र कुमार साहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भैरहेको छ भने मनोरथ मण्डल सामान्य उपचार पछि कम्पनीमा फर्केका छन्।

कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
कुवेतस्थित नेपाली नियोगका द्धितीय सचिव जानकी ओझाका अनुसार मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा ब्लक ५ ढल निर्माण गर्ने क्रममा बालुवा र ग्रामेलको ढिस्को खसेको थियो ।
उक्त निर्माणस्थल चिनियाँ कम्पनी सिजिजिसीले निर्माणको जिम्मा लिएको छ ।