नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनता ठगी गरेको आरोप लागेको दूरसञ्चार प्रदायक कम्पनी एनसेलद्वारा आयोजित ‘एनसेल मेला २०७६’ गर्न नदिने घोषणा गरेको छ ।
ने.क.पा. प्रबक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेलद्वारा आयोजित ‘एनसेल मेला २०७६’ गर्न नदिने घोषणा गरेका हुन् ।
पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा, ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको उल्लेख गर्दै उक्त मेला बन्द नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ। उनले आफ्नो बिज्ञप्तिमा “पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन ।” भनिएको छ।
सो मेलामा सहभागी नबन्न विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई आव्हान गर्दै उनले सोही बिज्ञप्तिमार्फत उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गरेका छन् ।
