९२ यात्रु बोकेको विमान दुर्घटनाग्रस्तः ‘ब्ल्याक सि’ मा भग्नावशेष भेटियो

९२ यात्रु बोकेको विमान दुर्घटनाग्रस्तः ‘ब्ल्याक सि’ मा भग्नावशेष भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 10.1K
    Shares

चालक दलका सदस्यसहित ९२ यात्रु बोकेर सिरियातर्फ गईरहेको रसियाको एक विमान ‘ब्ल्याक सि’मा दुर्घटनागस्त भएको छ । रसियाको दक्षिण सहर सोचीमा अवस्थित विमानस्थलबाट स्थानीय समयाअनुसार ५ः४० मा उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर) बाट सम्पर्क बिहीन भएको थियो ।

यस विमानमा आठ जना चालक दलका सदस्यसहित ९२ व्यक्ति सवार रहेका थिए । सो विमान तटीय सिरियाली सहर लताकियाको बाहिरी इलाकामा रहेको रसियाली, सैन्य शिविरतर्फ गईरेहको थियो ।

रुसको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार टियु–१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह र केही पत्रकारसमेत रहेका थिए ।

सिरियाको लताकिया सहरको बाहिरी इलाकामा रहेको रसियाली सेनाको समूहलाई नयाँ बर्षको कार्यक्रम मनाउनको लागि सांगितिक समूहसमेत साथमा लगेका जनाइएको छ ।

सो मन्त्रालयका अनुसार विमानको भग्नावशेष तटीय सहर सोचीदेखि १ं.५ किलोमिटर टाढा ब्ल्याक सिमा भेटिएको हो । ब्याल्क सिमा ५० देखि ७० मिटर गहिराइमा सो भग्नावेशेष भेटिएको बताइएको थियो ।

खोजी र उद्धार, समूहलाई आइतबार विहान सबेरै नै परिचालन गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । एजेन्सी

प्रतिक्रिया