पोखराबाट फेरी अर्को पत्रकार आश तमु गिरफ्तार

पोखराबाट फेरी अर्को पत्रकार आश तमु गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ मंसिर २०७६
  • 10.2K
    Shares

पत्रकार आश तमु

पोखराबाट फेरी अर्को एक जना पत्रकार आश तमु (गुरुङ) गिरफ्तार भएका छन्।  बिद्यार्थी राजनीति छाडेर करीब तीन वर्ष अघिदेखि पोखरामा स्वतन्त्र पत्रकारिता गरिरहेका युवा पत्रकार गुरुङलाई आज मध्यान्ह पोखरा-१० रामबजारस्थित उनकै घरबाट गिरफ्तार गरेको हो।

यसै जनसंचार डट कमका पुर्व समाचारदाता भै काम गरेका पत्रकार आश तमु करीब दुई वर्षदेखि राजनीति डट कममा सहसम्पादकका रुपमा कार्यरत थिए। उनलाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक पत्रकार भएको आशंकामा प्रहरीले गिरफ्तार गरेको हुनसक्ने आशंका गरिएको छ।

पत्रकारितामा आउनु अघि उनी बिद्यार्थी राजनीतिमा सक्रिय थिए।  तर पत्रकारितामा आएपछि उनी अहिले पार्टीसंग सम्पर्क बिहिन भएर स्वतन्त्र पत्रकारिता गर्दै आएका छन्। उनी बिप्लव नेतृत्वको ने,क,पा, र त्यस पार्टीको कुनै पनि जनवर्गीय संगठनमा रहेका छैनन्।

कुनै बेला राजनीतिक आस्था राखेको आधारमा पत्रकारलाई गिरफ्तार गरिनु स्वतन्त्र पत्रकारिता माथिको हस्तक्षेप हो भने उनको गिरफ्तारी संबिधान प्रदत्त राजनीतिक आस्था राख्न पाउने मौलिक हकमाथि वलात्कार हो।  अत: पत्रकार आश तमुलाई अविलम्व बिना शर्त रिहा गर्न जनसंचार डट कम जोडदार माग गर्दछ।

यसैबीच बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य एबम कास्की संयोजक रमाकान्त बास्तोलाले पत्रकार आश तमुलाई तत्काल रिहा गर्न माग गरेका छन्।  उनले आफ्नो मर्यादामा रहेर पत्रकारीता गर्दै आएका पत्रकार माथिको अनावश्यक धरपकड बन्द गर्न पनि सरकारसंग अनुरोध गरेका छन्।

यस अघि पोखराबाटै संचारकेन्द्र डट कमका पोखरा समाचारदाता राजकुमार घिमिरेलाई गएको मङ्सिर १ गते पोखराको बिरौताबाट गिरफ्तार गरेको थियो।  पत्रकार घिमिरेलाई उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएपनि फेरी गिरफ्तार गरेर वडा प्रहरी कार्यालय रामबजार पोखरामा राखी प्रहरीमाथि अभद्र ब्यबहार गरेको भन्दै झुठ्ठा मुद्दा चलाएको छ।

प्रतिक्रिया