बरखास्त मन्त्रीहरुद्वारा प्रमको रात्रीभोज बहिष्कार, आफ्नो कार्यकालमा प्रमलाई भेट्न पनि नपाएकोमा असन्तुस्ट

बरखास्त मन्त्रीहरुद्वारा प्रमको रात्रीभोज बहिष्कार, आफ्नो कार्यकालमा प्रमलाई भेट्न पनि नपाएकोमा असन्तुस्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ मंसिर २०७६
  • 4.7K
    Shares

रात्रिभोजपछि सामुहिक तस्बिर खिचाउँदै प्रधानमन्त्री, मन्त्री र पूर्वमन्त्री । तस्बिर : उपप्रधानमन्त्री ईश्वर पोखरेलको फेसबुक

स्तोउखान टुक्का भनेर संसार हसाउने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति उनकै मन्त्रीमण्डलामा सहभागी मन्त्रीहरु नै असन्तुष्ट रहने गरेको तथ्य बाहिर आएको छ।  प्रधानमन्त्री ओलीद्वारा आयोजित रात्रीभोजलाई भर्खर बर्खास्तीमा परेका मन्त्रीहरुले बहिष्कार गरिदिएपछि य तथ्य बाहिर आएको हो।

प्रधानमन्त्री ओलीले जिम्मेवारीमुक्त भएका, नवनियुक्त र बहालवाला मन्त्रीहरूका लागि रात्रिभोज आयोजना गरेर उनीहरूलाई दम्पतीसहित आउन निम्तो दिएका थिए । बेलुका ६ बजेतिर सुरु भएको भोज राति ८ बजे सकिएको थियो । भोजमा लोकल कुखुराको मासु र मेथीको दाललाई विशेष परिकारका रूपमा राखिएको थियो।

भोजमा काठमाडौंमा नभएकाबाहेक सबै बहालवाला मन्त्री दम्पतीसहित गएका थिए । तर सो भोजमा बर्खास्तीमा परेका मन्त्री रघुबीर महासेठ बाहेक अन्य आठ जना काठमाण्डौमा नै भए पनि गएनन्। काठमाण्डौमै भएर पमी सो रात्री भोजमा नजाने अन्य बर्खास्त मन्त्रीहरुमा मात्रिका यादब, चन्द्रप्रकाश खनाल, थममाया थापा, लालबाबु पण्डित, रामकुमारी चौधरी लगायत छन्।

प्रधानमन्त्रीको रात्रीभोज बहिस्कार गरेका अधिकांश बर्खास्त मन्त्रीहरुले आफुहरुको कार्यकालमा प्रधानमन्त्रीलाई भेट गर्न नपाएको, उचित सहयोग, समर्थन र निर्देशन नपाएको, प्रधानमन्त्रीलाई भेट गर्न प्रमको सचिवालयमा खबर गरेपनि कुनै वास्ता नगरिएको गुनासो गरेका छन्।  उनीहरुले निम्तो पाए पनि मन्त्री निवास छाड्न सामान मिलाउन ब्यस्त रहेकाकारण उक्त रात्रीभोजमा जान नसकेको प्रतिक्रिया दिएका छन्।

२१ महिनासम्म मन्त्रीमा बहाल हुँदा नेकपा स्थायी समिति सदस्य थममाया थापाले जरुरी परेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा ‘भेट्नैपर्ने छ’ भनेर खबर त गर्थिन् । सकारात्मक जवाफ आक्कलझुक्कल मात्रै पाउँथिन् । सरकारबाट बुधबार बाहिरिएकी उनको प्रधानमन्त्रीसँग सबैभन्दा ठूलो गुनासो छ, ‘प्रधानमन्त्रीबाट सल्लाह र निर्देशन पाइनँ ।’

सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएर वाहवाही कमाएका लालबाबु पण्डित आफनै पार्टी अध्यक्ष प्रधानमन्त्री रहेको सरकारबाट बर्खास्तीमा पर्दा दु:खी छन्।  उनी त्यस रात्रीभोजमा गएनन् पनि।

थापा र पण्डित मात्रै होइन, रघुवीर महासेठबाहेक बर्खास्तीमा परेका मन्त्री पनि रात्रिभोजमा अनुपस्थित रहे । पूर्वउद्योगमन्त्री मातृका यादव र कृषि राज्यमन्त्रीबाट पदमुक्त भएकी रामकुमारी चौधरीले पनि आफूहरूलाई निम्तो आए पनि फुर्सद नभएका कारण जान नसकिएको बताए । यादवले त आफूलाई जान मिल्ने अवस्था नभएको भन्दै यस विषयमा थप नसोध्न आग्रह गरे ।

प्रतिक्रिया