बाटो मर्मतको माग गर्ने जिप चालकको प्रहरी हिरासतमा शंकास्पद मृत्यु

बाटो मर्मतको माग गर्ने जिप चालकको प्रहरी हिरासतमा शंकास्पद मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ मंसिर २०७६
  • 3.6K
    Shares

जिल्ला प्रहरी कार्यालय डोटी

सडक मर्मत नभएको भन्दै बाटो अवरुद्ध गर्ने समुहको नेतृत्व गरिरहेका एक सवारी चालकको डोटीस्थित एक प्रहरी चौकीमा शंकास्पद मृत्यु भएको छ।

डोटी जिल्लाको जोरायल गाउँपालिका-४ घर भएका से १ ज २९२ नम्बरको जीपका चालक २१ वर्षीय गणेश पालीको सोही गाउँपालिकामा रहेको गैरा प्रहरी चौकीमा शंकास्पद मृत्यु भएको हो।

प्राप्त जानकारी अनुसार, डोटी जिल्लाको गैरादेखि डडेल्धुराको गाङ्खेत जोड्ने सडक क्षेत्रमा बाटो मर्मत नभएको भन्दै आइतबार दिउँसो उनी जीप चालक गणेश पालीको अगुवाइमा स्थानिय बासिन्दाले बाटो अवरुद्ध गरेका थिए। यसैबीच बाटो अवरुद्ध गर्ने कार्यको नेतृत्व गरिरहेका गणेश पालीलाई प्रहरीले पक्राउ गरेर प्रहरी चौकीमा लगेको थियो। तर केही समयपछि प्रहरी स्वयमले प्रहरी हिरासतमा राखिएका गणेश पालीले पाईन्टको पासो लगाएर आत्महत्या गरेको भन्ने हल्ला चलाएका थिए। सोही हल्लासंगे प्रहरीले उनलाई नजिकैको स्वास्थ्य चौकी लगिएको र त्यसपछि थप उपचार गर्ने भन्दै डडेल्धुरा लैजाने क्रममा उनको बाटोमा मृत्यु भएको प्रहरीले दाबी गरेको छ।  तर स्थानीय बासिन्दाहरुले भने निज गणेश पालीलाई प्रहरी हिरासतमा प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन्।

उता प्रहरीको कुटाईबाट पालीको मृत्यु भएको आरोप स्थानीय बासिन्दाले लगाइरहन्दा  जिल्ला प्रहरी प्रमूख प्रहरी उपरीक्षक दिलिपसिँह देउवाले भने त्यो भन्दा फरक बिबादास्पद प्रतिक्रिया दिएका छन्। गैरा प्रहरी चौकीका प्रहरीहरुले  गणेश पालीले पाइन्टको पासो लगाएर आत्महत्या गरेको जानकारी दिएका छन्। तर जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख देउबाले “पक्राउ परेका पाली चर्पीबाट फर्कदा लडेर ढुंगामा टाउको ठोकिएको र घाइते अवस्थामा उपचार गर्न लैजाँदा बाटोमा नै मृत्यु भएको भन्ने खबर आएको,’ जानकारी दिएका छन्। प्रहरी प्रमुख एसपी देउबालाई प्रहरी चौकीले  ‘अत्याधिक मदिरा सेवन गरेका पालीले नाम नखुलेको ट्याब्लेट सेवन गरेको” जानकारी दिएको छ।

गणेश पालीको मृत्यु सम्बन्धमा एकआपसमा विवादास्पद भनाई आईरहेको अवस्थामा आबस्यक अनुसन्धानपछि मात्र उनको मृत्यु बारे एकिन भन्न सकिने प्रहरीले जानकारी दिएको छ।  त्यसका लागि डोटी प्रहरीले मेडिकल जाँच र फरेन्सीक चेँकजाँच गर्ने भएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया