लाइसेन्सको ट्रायल परीक्षामा फेललाई पास गराउने तीन उपसचिव र डिएसपी सहित ३८ जनाविरुद्ध मुद्दा

लाइसेन्सको ट्रायल परीक्षामा फेललाई पास गराउने तीन उपसचिव र डिएसपी सहित ३८ जनाविरुद्ध मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ मंसिर २०७६
  • 4.9K
    Shares

अख्तियार

सवारीचालक अनुमति पत्रको ट्रायल परीक्षामा फेललाई पास बनाउने यातायात कार्यालय एकान्तकुनाका तीन जना उपसचिवसहित ३८ जनालाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र प्रदेश नम्बर ३ एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ विरूद्ध भ्रष्टाचार अभियोगमा अख्तियारले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार मुद्दा दायर गरिएकामा ईन्जिनियर बासुदेव पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, प्रहरी निरीक्षक मुरारी मिश्र, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, बाबुराम रेग्मी, धर्मराज ढुंगानालगायत छन्। मुद्दा चलाइएका अन्य कर्मचारीहरुमा २९ जना शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर, खरिदार रहेका छन् ।

तत्कालीन शाखा अधिकृत रेग्मी र ढुंगाना अहिले उपसचिव भइसकेका छन्। तत्कालीन प्रहरी निरीक्षक नवराज थापा अहिले डिएसपी भइसकेका छन्।

२०६९ साल वैशाख, जेठ र असार महिनामा प्रयोगात्मक परीक्षा (ट्रायल) फेल भएका १२८४ जनाको नतिजा फेलबाट पास तथा फेरबदल गरेर अनुमतिपत्र जारी गरेको, सरकारी कागजात नोक्सान गरेको, राजश्वसमेत चुहावट गरेको, सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएकोले उनीहरूलाई भ्रष्टाचार मुद्दा लगाइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

तत्कालीन कार्यालय प्रमुख पोखरेलसँग २४ हजार ३ सय रुपैयाँ, ईन्जिनियर पोखरेलसँग तीन लाख ४६ हजार ७५० रुपैयाँ, मिश्रसँग ३५ हजार ९००, थापासँग २४ हजार ९००, रेग्मीसँग ४० हजार, ढुंगानासँग आठ लाख ५९ हजार ५५०, थपलियालाई ११ हजार १ सय रुपैयाँ बिगो मागिएको छ।

‘प्रयोगात्मक परीक्षा फेललाई पास जनाई निर्ण गरेको, एक पटक फेल भइसकेकालाई ट्रायल दिएको तीन महिना नपुग्दै पुन: परीक्षामा समावेश गराएको, ट्रायलमा नतिजा फेरबदल गरेकोलगायत देखिन आएको छ,’ अभियोग पत्रमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया