प्रहरी हस्तक्षेप प्रयासका बाबजुद जनपत्रकार संगठनको अन्तरक्रिया कावासोतीमा सम्पन्न

प्रहरी हस्तक्षेप प्रयासका बाबजुद जनपत्रकार संगठनको अन्तरक्रिया कावासोतीमा सम्पन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ मंसिर २०७६
  • 5.3K
    Shares

जनपत्रकार संगठन, लुम्बिबिनीले कावासोतीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम
प्रहरी हस्तक्षेप प्रयासका बाबजुद जनपत्रकार संगठन लुम्बिनी समन्वय समितिले नवलपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।  
अपरान्ह कार्यक्रम शुरु भए लगत्तै कार्यक्रमस्थल कावासोतिको स्वस्तिक पार्टी प्ल्यालेसमा प्रहरीले घेरा हालेको थियो भने सादा पोशाकका प्रहरीहरु कार्यक्रमस्थलभित्र ब्यापक रुपमा परिचालित भएको थियो। पछिल्लो राजनीतिक गतिरोध र राष्ट्रियताका बिषयमा केन्द्रित रहेर सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। 
सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषि कट्टेल, जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे, सत्तारुढ नेकपा नवलपुर जिल्ला कमिटिका सचिवालय सदस्य केदार पराजुली लगायत करीब १५ जना वक्ताहरुले आ-आफ्नो भनाईहरु राखेका थिए। 
ब्यापक रुपमा परिचालित प्रहरीले कार्यक्रममा उपस्थित केही सहभागीलाई गिरफ्तार गर्ने कोशिश गरेको भए पनि कोही कसैलाई गिरफ्तार नगरिएको जनपत्रकार संगठन नेपालले जानकारी दिएको छ। 

प्रतिक्रिया