बलात्कारको आरोप लागेका सत्तारुढ नेकपाको बिद्यार्थी संगठनका केन्द्रिय सदस्य राई जेल चलान

बलात्कारको आरोप लागेका सत्तारुढ नेकपाको बिद्यार्थी संगठनका केन्द्रिय सदस्य राई जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ मंसिर २०७६
  • 6K
    Shares

इन्द्रहाङ राई

चिनजानकै युवतीलाई तिहारको बेला भैली खेल्न बोलाएर काठमाण्डौको माकलबारीस्थित आफन्तको घरमा लगेर बलात्कार गरेको अभियोगमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन् । बलात्कार आरोपमा पक्राउ परेका राई रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सह–सचिव पनि हुन्।

कात्तिक १२ गते मंगलबार  पक्राउ परेका राईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जबर्जस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको बिहीबारको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेसँगै केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो।

प्रतिक्रिया