पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट गिरफ्तार गरिएका संचारकेन्द्र डट कममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले झुट्ठा मुद्दा लगाएको छ। प्रहरीले उनलाई ड्युटीमा रहेका प्रहरीमाथि अभद्र ब्यबहार गरेको भन्दै सार्बजनिक अपराध मुद्दा दर्ता गरेको छ।
गएको मंसिर १ गते गिरफ्तार गरिएका पत्रकार घिमिरेलाई हाल वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।
यसैबीच जारी गर्दै पत्रकार राजकुमार घिमिरेको गिरफ्तारीप्रति खेद प्रकट गरेको छ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा पत्रकार माथि हुने धरपकडको महासंघ कास्की खेद ब्यक्त गर्दै पत्रकार घिमिरेको यथाशिघ्र रिहाईको माग गरिएको छ । साथै सोही विज्ञप्तिमार्फत पत्रकारहरुको भौतिक सुरक्षाको प्रत्याभुति गरि निर्वाध समाचार संकलन र सम्प्रेषणको वातावरण वनाउन स्थानिय प्रशासन संग माग गरिएको छ ।
