माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ मंसिर २०७६
  • 5.7K
    Shares

नेपाली सेना

 

नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ ।
आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी नगर्ने ३० जनामाथि वैशाखयता कारबाही भएको सैनिक मुख्यालयले जनाएको छ। उनीहरूलाई सैनिक नियमअनुसार अनुशासनविपरीत आचरण गरेको भन्दै सचेत गराइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली सेनाको आफ्नै नियमकानुन रहेको र सैनिक नियमको उल्लंघन गर्नेहरू उपरकारबाही भएको जनाए । उनले सलामी नगर्ने सैनिकहरूलाई भविष्यमा त्यसो नगर्ने गरी सचेत गराइएको जानकारी दिएका हुन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले २४ भदौ २०७५ बाट नेपाली सेनाको जिम्मेवारी लिएपछि सेनालाई अनुशासित बनाउन पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका नै तयार गरेका छन् ।

यसै गरी

सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरित काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबरजस्ती करणी, चोरी, ठगी , लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो।

प्रतिक्रिया