प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ कार्तिक २०७६
  • 5.2K
    Shares

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय भैंसीहरुलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहीबार नियन्त्रणमा लिएका ती भैंसीलाई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया