ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ कार्तिक २०७६
  • 4.8K
    Shares

लक्ष्मण बम ‘पलाँती कान्छा

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष  लक्ष्मण बम ‘पलाँती कान्छा’लाई कारबाही गर्न मुख्य मन्त्री महेन्द्रबहादुर शाहीसमक्ष माग गरेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तारुढ नेकपाको कालिकोट जिल्ला इन्चार्ज समेत हुन्।

सत्तारुढ नेकपाको जिल्ला कमिटीमा रहेका पलाँता गाउँपालिकाका उनीहरुले गाउँपालिका अध्यक्ष बमले स्थानीय सरकार संचालनका नाममा मनोमानी गरेको, स्थानीय सरकार सञ्चालनमा अनियमिता गरेको र पार्टीको निर्देशन विपरीत काम गरेको आरोप लगाउंदै कारबाही गर्न मुख्य मन्त्रीसमक्ष माग गरेका हुन् । त्यति मात्र हैन उनीहरु गाउपालिका अध्यक्ष बमलाई कार्वाहेको माग गर्दै दबाब दिन आइतबारदेखि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकक्षमा धाउने गरेका छन् ।

गाउँपालिका अध्यक्ष बमलाई कारबाहीका लागि मुख्य मन्त्री कार्यालय पुगेका १० जिल्ला कमिटी सदस्यले गाउँपालिकाका अध्यक्ष बममाथि कारबाही नभएसम्म जिल्ला नफर्कने अडान लिँदै आएको मुख्यमन्त्रीकाे कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहीको सचिवालयका अनुसार गाउँपालिकाका अध्यक्ष बमका कारणले सिंगो पार्टी बदनाम हुँदै गएको र स्थानीय सरकार सञ्चालनमा मनोमानी गरेको जिल्ला समितिका सदस्यहरूको भनाइ छ ।

पलाँता गाउँपालिकामा नेकपाको कालिकोट जिल्ला कमिटीमा गाउँपालिकाका अध्यक्ष बमसहित ११ जना जनाले प्रतिनिधित्व गर्ने र त्यसमध्ये १० जनाले अध्यक्ष बमलाई कारबाहीको माग गरेको नेकपा कालिकोट जिल्ला कमिटीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बमलाई आफ्नो डोजर स्थानीय विकास निर्माणमा प्रयोग गरेको, आफ्नै घरमा गाउँपालिका कार्यालय राखेको चर्को भाडा असुलेको, आफन्तलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने गरेको, गाउँपालिका अध्यक्ष भएपछि अकुत सम्पत्ति जोडेको जस्ता दर्जनौं आरोप लाग्दै आएका छन् ।

प्रतिक्रिया