नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली ‘धमिल’लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा भन्ने स्थानबाट गिरफ्तार गरेको छ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ५ रघुनाथ निवासी ४२ वर्षिय ओलीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार राति साढे ११ बजेति गिरफ्तार गरेको हो।
ओली विरुद्ध जाजरकोटमा विभिन्न मितिमा एनसेल टावरमा आगजनी तथा तोडफोड गर्ने, जबरजस्ती चन्दा असुली गर्ने जस्ता कृयाकलापमा संलग्न भई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट भौतिक संरचना बिनाश सम्बन्धी कसुर, राज्य विरुद्धको अपराध सम्बन्धी कसुर, चन्दा सम्बन्धी कसुरमा मुद्दा चलिरहेको प्रहरीको भनाई छ। तर ने.क.पा.ले यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।