स्वास्थ्य अधिकार खोस्दै सरकार : यौन हिँसा आरोपी महरालाई अस्पताल, क्रान्तिकारी बीरजंगलाई हिरासत 

स्वास्थ्य अधिकार खोस्दै सरकार : यौन हिँसा आरोपी महरालाई अस्पताल, क्रान्तिकारी बीरजंगलाई हिरासत 


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ कार्तिक २०७६
  • 9.7K
    Shares

चन्द्र बहादुर चन्द ‘विरंजग’

बिदेशीको इशारामा चलेको वर्तमान सरकार क्रान्तिकारीहरुप्रति दिन प्रतिदिन हिंश्रक बनिरहेको छ।  संविधानले नै दिएको स्वास्थ्योपचार पाउने मौलिक अधिकार सरकारले खोस्दै गएको छ।

आफ्नै सचिवालयमा कार्यरत एक महिलालाई यौन हिँसा गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिरासतमा राख्नुको सट्टा रक्तचाप उच्च भएको भन्दै अस्पतालमा बस्ने सुविधा दिएको वर्तमान सरकारले देश र जनताको पक्षमा लडिरहेको बिप्लव नेतृत्वको ने.क.पा.का केन्द्रिय सदस्य एबम मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्र बहादुर चन्द ‘विरंजग’लाई स्वास्थ्योपचारको सुबिधा दिन समेत इन्कार गरेको छ।

घाँटी र छातीमा गम्भीर समस्या देखिएका ने.क.पा. नेता बीरजंगलाई प्रहरीले अस्पतालमा राखेर उपचार गर्नुपर्नेमा उनलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा नै राखिएको छ। घाँटी र छातीमा समस्या देखिएपछि नेता बीरजंगलाई अस्पताल लगिएकोमा डाक्टरले अस्पतालमा नै भर्ना गर्नुपर्ने” सल्लाह दिएका थिए।  तर प्रहरीले “मिल्दैन” भनेर उपचार नै नगरी हिरासतमा फर्काएको परिवार स्रोतले जानकारी दिएको छ ।

पार्टी महासचिव विप्लवका सहोदर दाजु समेत रहेका नेता बीरजंग लगायतका २१ जना नेता तथा कार्यकर्ताहरुलाई गत असोज ३० गते राति दाङ राजपुर गाउँपालिका मुङग्रेठामा पार्टीको राप्ती ब्युरोको बैठक स्थलबाट प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको थियो ।

हाल जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएका उनीहरुलाई संगठित अपराध र हातहतियार खरखजना मुद्दा चलाइएको छ ।

प्रतिक्रिया