भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते

भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ कार्तिक २०७६
  • 4.8K
    Shares

मठिया प्रहरी चौकी

भारतले नेपाली भुमि कालापानी हडपेको बिरोधमा नेपालमा आन्दोलन चलिरहेका बेला रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ स्थित सिमानामा रहेको मठिया प्रहरी चौकीमा भारतीय नागरिकले बम प्रहार गरेका छन्।  मंगलबार दिउँसो २.४० मा बम प्रहार भएको हो । भारतीय नागरिकले प्रहार गरेको बमको छर्रा लागेर सेन्ट्री बसेका मठिया प्रहरी चौकीका प्रहरी जवान रंजित यादब घाइते भएका छन्। उनलाई बमको छर्राले समान्य चोट लागेको छ ।

बीआर०५एच६५०९ नम्बरको मोटरसाइकलमा आएका भारतको विहार राज्यस्थित ढाका  निवासी चन्दन कुमार लगायत दुई  जनाले बम प्रहार गरेका थिए। बम प्रहारपछि भाग्दै गरेका भारतीय नागरिक कुमारलाई सिमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ भने अर्का एक भागेका छन्।

घटना पछि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनास्थलतर्फ जिल्लाबाट थप मद्धत टोली पठाइएको छ । चौकीमा प्रहरी सहायक निरिक्षक (असई) को कमाण्डमा ११ जना सुरक्षाकर्मी तैनाथ थिए ।

प्रतिक्रिया