सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै

सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ कार्तिक २०७६
  • 7.6K
    Shares

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई अाज फेरी सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरिएको छ।  बन्दी प्रत्यक्षीकरण मुद्दामा उनलाई आज सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएकोमा अदालतको गेटबाटै प्रहरीले फेरी गिरफ्तार गरेको हो।

बन्दी कृष्ण वाग्ले “रूपेश”को तर्फबाट उनका दाजु मुकेश वाग्लेले जारी गरेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्बोच्च अदालतका सम्माननिय कायम मुकायम प्रधान न्यायाधिश दिपककुमार कार्की र माननीय न्यायाधिश सुष्मालता माथेमाको संयुक्त इजलाशले नेता रुपेशलाई गैर कानुनी थुनामा राखेको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको थियो।  सो इजलाशले ‘नेता रुपेसलाई थुनामा राख्नुपर्ने मुनासिब कारण नदेखिएको, बदनियतपूर्वक थुनामा राखिएको” ठहर गरेको छ।

रिट निवेदकका तर्फबाट अधिबक्ताद्वय कपिल चन्द्र पोखरेल र दयाराम पोख्रेलले बहस गर्नु भएको थियो।

अदालतको गेटबाट गिरफ्तार गरिएका नेता रुपेशलाई म्याग्दी जिल्ला लैजाने तयारी गरिएको प्राप्त समाचारमा जनाइएको छ।

गएकाे भदाै ६ गते उनी र पत्रकार अाेम हमाललाई पाेखरा महानगरपािलका वडा नं २९ खुदी लेखनाथबाट कास्की प्रहरीले गिरफ्तार गरेकाे थियाे । पत्रकार हमाल सर्वाेच्च अदालतकाे अादेशले काठमाडौंबाट छुटेका छन् भने नेता रूपेशलाई सर्वाेच्चले छाड्न अादेश दिएपनि प्रहरीले अदालतकाे अादेश लत्याउँदै गिरफ्तार गर्ने गरेकाे छ । उनले साेही क्रममा कास्की, तनहुँ, गाेर्खा, लमजुङ्ग, पर्बत र स्याङ्जा जिल्लाका प्रहरी हिरासतमा बन्दी जीवन बिताईसकेका छन् ।

यसैबीच नेपालको भूभाग कालापानी भारतको नक्शामा गाभिएको बिरोधमा आज बिप्लव नेतृत्वको ने.क.पा. कास्कीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।
महासचिव बिप्लव द्वरा जारी गरिएको संघर्षका केन्द्रिय कार्यक्रम अन्तर्गत आज पोखरा महानगरपालिकामा मोदीको पुत्ला दहन गरिएको हो । यस्तै लमजुङमा पनि मोदिको पुत्ला जलाइएको ने.क.पा. लमजुङले बताएको छ ।

प्रतिक्रिया