सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ को मृत्यु, ४0 घाइते

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ को मृत्यु, ४0 घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ कार्तिक २०७६
  • 4.7K
    Shares

सिन्धुपाल्चोकको सुकुटेमाग्रस्त बा २ ख ७२४५ नम्बरको बस

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा १७ जना यात्रीको मृत्यु भएको छ भने ४0  जना घाइते भएका छन्।

सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०/५१ वर्षीया रक्तकुमारी रावतको मृत्यु भएको छ।  त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् । बाँकी १० जनाको सनाखत हुन् बाङ्की छ ।

नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएका प्रहरीको भनाइ छ। यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो।

घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया