अमेरिकाका हजारौं गोप्य दस्ताबेज र सन्देशहरू आफ्नो वेबसाइट विक्की लिक्सबाट सार्वजनिक गरेर संसारभरि सनसनी फैलाएका विकीलिक्सका संस्थापक अस्ट्रेलियन नागरिक ४८ वर्षीय जूलियन असान्जलाई प्रजातन्त्रको जननी मानिएको बेलायतको लण्डन जेलमा क्रुर ब्यबहार गरिएको तथ्य बाहिर आएको छ। असान्जलाई मानाबोचित स्वास्थ्योपचार नदिएकाले उनको ज्यान जोखिममा रहेको पनि बताइएको छ।
असान्जलाई भेट्न लन्डन जेल पुगेका संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगका अधिकारीहरुले उनलाई अमानविय तरीकाले क्रुर ब्यबहार गरेर जेलमा राखिएको भेत्ताएका हुन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार अयोगका अनुसार जेलमा रहेका उनको स्वास्य अवस्था जटिल बन्दै गएको हो । उनको स्वास्थ्यअवस्था जटिल बन्दै गएपनि कतैबाट चासो व्यक्त नगरिएको आयोगले आरोप लगाएको छ ।
उनीहरुका अनुसार तत्काल उपचारको विधि परिवर्तन नगरिए असान्जको जीवन खतरामा पर्न सक्छ । त्यसका लागि बेलैमा सतर्कता अप्नाउन सम्बधित पक्षलाई उनीहरुले आग्रह समेत गरेका छन् ।
युएन विज्ञ नीलस मेजरले शुक्रबार लन्डनको जेल भ्रमणका क्रममा असान्जलाई अमानवीय अवस्थामा राखिएको बताएका छन् । उनले भने, ‘उनीप्रति क्रूर व्यवहार भइरहेको छ। बिरामी असान्जलाई एकदमै उपचारको आवश्यकता छ तर त्यो स्तरको उपचार विधि अप्नाइएको पाइएको छैन।’
उनलाई अबका केहि दिनमात्र त्यस्तो अवस्थामा राखियो भने ज्यान जोखिममा पर्नसक्ने नीलसले बताएका छन् ।
असान्जले अमेरिकाका हजारौं गोपनीय सन्देशहरू सार्वजनिक गरेर संसारभरि सनसनी फैलाएपछि अमेरिकाले उनीविरुद्ध मुद्धा हालेको थियो ।
अस्ट्रेलियाका नागरिक असान्ज लगभग सात बर्ष लन्डनको इक्वेडरियन दूतावासकोअँध्यारो कोठामा लुकेर बसेका थिए । यसवर्ष अप्रिलमा उनले दूतावास छोडेपछि लन्डन पुलिसले पक्राउ गरेको थियो। उनी मे ९ देखि लन्डन जेलमा छन् । असान्ज ११ अप्रिलमा पक्राउ परेका थिए ।
असान्जले हाल जमानत सर्तहरूको उल्लंघन गरेको आरोपमा बेलायतमा ५० हप्ताको जेल सजाय पाइरहेका छ्न् । असान्जलाई स्वीडेनमा भएको बलात्कार र यौन उत्पीडनको आरोपमा जमानत दिइएको थियो ।
अमेरिकामा विभिन्न आरोपमा असान्जका बिरूद्ध १८ वटा मुद्दा रहेका छन् । दोषी ठहरिएमा असान्जले केहि दशकसम्म जेल सजाय भोग्नुपर्नेछ।