प्रम ओलीका एडीसी शाही जुवाखालबाट पक्राउ ! खसी मागेपछि डिएसपी शाही बिबादित

प्रम ओलीका एडीसी शाही जुवाखालबाट पक्राउ ! खसी मागेपछि डिएसपी शाही बिबादित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ कार्तिक २०७६
  • 4.9K
    Shares

मेजर राजेन्द्र बहादुर शाही र डिएसपी हेमबहादुर शाही

आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बताउने नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको टोखास्थित जुवाखालाबाट पक्राउ गरेको छ ।

टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका हुन् । शाहीसहित प्रहरीले थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा छन् । उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

यता तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहसहित ६ जनालाई पेस्तोलसहित पक्राउ गरिएको समाचार सार्वजनिक भए लगत्तै उनीहरुलाई पक्राउ गर्ने इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज डिएसपी  हेमबहादुर शाहीले दशैं मान्न खसी मागेको भन्दै विवादमा तानिएका छन् ।

तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही विवादमा तानिएका हुन् । उनी छानविनको दायरामा तानिएका परेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार शाहीमाथि अनुसन्धान थालिएको छ । अडियोको विषयमा चाहिँ शाहीमाथि कारबाही हुनसक्ने देखिएको छ । ती अधिकृतका अुनसार हतियार बरामद प्रकरणको अनुसन्धान सकिएपछि डीएसपी शाहीलाई प्रदेश प्रहरी वा प्रहरी प्रधान कार्यालयमा तानेर विस्तृत अनुसन्धान गरिनेछ ।

विवादको विषयमा प्रतिक्रया दिँदै डिएसपी शाहीले नाजायज किसिमले आफूले कुनै डिल नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया