ने.क.पा. निकट युवा संगठनका जिल्ला सदस्य परियार गिरफ्तार

ने.क.पा. निकट युवा संगठनका जिल्ला सदस्य परियार गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ कार्तिक २०७६
  • 5.4K
    Shares

भिमसेन परियार

बिप्लव नेतृत्वको ने.क.पा. निकट युवा संगठन जिल्ला समिति कास्की सदस्य भीमसेन परियारलाई प्रहरीले गिरफ्तार गरेको छ।

उनलाई माछापुछ्रे गाउपालिकाको भुर्जुङ्गखोलास्थित उनकै घरबाट कार्तिक १२ गते राती २ बजे सुतिरहेको अवस्थामा गिरफ्तार गरिएको युवा संगठन, नेपालले जनाएको छ। उनलाई प्रहरीले राज्यबिरुद्धको कसुर अन्तरगतको मुद्दा चलाइएको पनि बताइएको छ।

यसैबीच युवा संगठन नेपाल जिल्ला समिति कास्कीकी अध्यक्ष निशाले एक प्रेस बिज्ञप्ति जारी गरेर आफ्नो जिल्ला कमिटि सदस्य भीमसेन परियारलाई बिना कारण गिरफ्तार गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेकी छिन। उनले आफ्नो बिज्ञप्तिमा “संगठनका कास्की जिल्ला सदस्य भिमसेन परियारलाई विनाकारण दलाल सरकारका मतियारहरुले कार्तिक १२ गते राती घरबाट देशमा बेरोजगार युवाहरुले रोजगार पाउनुपर्छ भन्दै राजनीतिक आस्था बोकेको र आवाज उठाएको हुँदा गिरफ्तार गरी बन्दी बनाएको घटनाप्रति घोर भत्र्सना गरेको” उल्लेख गरेकी छिन।

उनले “जनताले अधिकारको लागि सधै आवाज उठाउने र त्यसमा पनि मुख्य भूमिका युवाको रहने हुँदा विचारलाई कैद गरेर कैद नहुने कुरा बेलैमा यो दलाल सरकार र दलाल सरकारका मतियारहरुले बुझ्नु अति आवश्यक ” रहेको आफ्नो बिज्ञप्तिमा बताएकी छिन।

उनले दमन धरपकट तत्काल बन्द गर्न सचेत गराउँदै भिमसेन परियारलगायत गिरफ्तार कमरेडहरुलाई विना सर्त रिहाई नगरे उत्पन्न परिस्थितिको जिम्मा दलाल सरकार र दलाल सरकारका मतियार हुने जानकारीसमेत गराएकी छिन् ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ

युवा संगठन कास्कीको बिज्ञप्ति २०७६/६/१५

प्रतिक्रिया