इटहरीका मेयर द्वारिकलाल चौधरीको विरुद्ध सडकमै आएर नाराबाजी समेत गरेर ख्याति कमाएका इटहरी-१९ का वडा सचिव सुरेश कार्कीले मादक पदार्थ सेवन गरेर सामाजिक वितण्डा मच्चाएको भन्दै एक रात हिरासत बसेर छुटेका छन्।
बुधबार साझ मादक पदार्थले लठ्ठ भएका कार्कीले साझमा होहल्ला गरेको भन्दै प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर विहिबार बिहान थुनामुक्त गरेको हो । कार्कीलाई विहिबार विहान आगमी दिनमा यस्तो हर्कत नगर्ने सर्तमा नेकपाको स्थानीय नेताहरुको रोहवरमा छोडिएको छ ।
इटहरीका मेयर द्वारिकालाल चौधरीले केही समय अघि कर्मचारीमाथि हातपात गर्दा कार्कीकै नेतृत्वम मेयरबिरुद्ध सडकमै आएर नाराबाजी भएको थियो।
कार्की लगायतका कर्मचारीले केहि दिन अगाडी मात्र इटहरी उपमहानगरपालिका भित्रै मादक पदार्थ खाएर होहल्ला गरेका थिए । आफैले फेसबुकमा उपमहानगर परिसर भित्रै नाजगान गरेको भन्दै तिब्र आलोचना भएको थियो ।