नेपाली सेनामा अनियमितता छानबिन गर्न बन्यो संयन्त्र, २४ सैनिक अड्डा निगरानीमा

नेपाली सेनामा अनियमितता छानबिन गर्न बन्यो संयन्त्र, २४ सैनिक अड्डा निगरानीमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ कार्तिक २०७६
  • 6K
    Shares

सैनिक मुख्यालय

सैनिक अड्डाको आर्थिक कारोबार पारदर्शी नहुने भन्दै आलोचना भइरहेकोबेला प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक पारदार्शिता कायम गर्न कडा कदम चालेका हुन्। भ्रष्टाचार गर्ने जोकोही सैनिक अधिकारीमाथि कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानसेनापति थापाले नेपाली सेनामा ब्यापक अनियमितता भएको भन्दै समाचारहरु सार्वजनिक हुन थालेपछि त्यस्तो छानबिन गर्न उपरथी अशोक सिग्देलको नेतृत्वमा निगरानी संयन्त्र (ओभरसाइट सेल) बनाएका  छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेललाई सेनाका जुनसुकै निकायमा आकस्मिक छानबिन गर्ने पूर्ण अधिकार दिएका छन्। निरीक्षणाधिकृत कार्यालय प्रमुखको जिम्मवारी उपरथी अशोक सिग्देलले पाएका छन्। उपरथी सिग्देलले विभिन्न फरकफरक टोली बनाई शंकास्पद सैनिक अड्डामाथि छानबिन थालेका छन्। फरकफरक टोलीले सम्बन्धित अड्डामा जानकारी नदिई आकस्मिक ढंगले छानबिन गर्नेछ।

जंगीअड्डाले प्रधानसेनापति कमान्ड मार्गनिर्देशन—२०७५ मा उल्लेख भएबमोजिम आकस्मिक छानबिन गर्न निगरानी सेल गठन गरेको हो।

यसैबीच प्राप्त जानकारी अनुसार, उक्त सेलले आर्थिक हिनामिना भएको आशंकामा मातहतका अड्डामाथि आकस्मिक छानबिन थालेको छ। जंगीअड्डाले सेनाका विभिन्न अड्डामा विनियोजित बजेट सदुपयोग भए/नभएको यकिन गर्नेछ।

सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डा छानबिनमा तानिएका छन्। आकस्मिक सेलले ती सैनिक अड्डामा गत आर्थिक वर्षमा भएका खर्च विवरणको समेत छानबिन गर्नेछ। सेलले चालू वर्षमा ती सैनिक अड्डामा भइरहेका खर्च विवरणसमेत छानबिन गरिरहेको छ। समाचार स्रोत  अन्नपुर्णपोस्ट

प्रतिक्रिया