ने.क.पा.का स्थानीय नेता गिरफ्तार गर्न खोज्ने प्रहरी टोलीमाथि जनप्रतिनिधीको संलग्नतामा ढुंगामुडा

ने.क.पा.का स्थानीय नेता गिरफ्तार गर्न खोज्ने प्रहरी टोलीमाथि जनप्रतिनिधीको संलग्नतामा ढुंगामुडा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ कार्तिक २०७६
  • 4.8K
    Shares

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  स्थानीय नेतालाई गिरफ्तार गर्न पुगेको प्रहरी टोलीलाई स्थानिय बासिन्दाले ढुंगामुडा गरेर फिर्ता  पठाएका छन्।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँ निवासी ने.क.पा. क्षेत्र नम्बर ६ का सचिव धनमानसिंह बुढालाई बुधबार बिहान उनकै घरबाट प्रहरीले गिरफ्तार गरे पनि स्थानीय जनप्रतिनिधिको संलग्नतामा गाउँलेहरुले ढुंगा मुढा गरेर पक्राउ परेका बुढालाई भगाएको प्रहरीले दाबी गरेको छ।

नागरिक डटकममा मुगुबाट सुमन मल्लले लेखेको समाचार अनुसार, पक्राउ परेका बुढालाई भगाउन १४ नम्बरका वडाध्यक्ष नन्दलाल बढुवालको सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक भुवनेश्वरप्रसाद साहलाई उल्लेख गर्दै लेखिएको समाचार अनुसार, ने.क.पा. नेता बुढाले बेलाबेला प्रहरीलाई फोन गरेर गाउँमा गस्ती नपठाउन धम्की दिँदै आएका थिए ।

सरकारले नेकपाका कुनै पनि गतिविधी प्रतिबन्ध लगाएको र स्थानीय स्तरमा सरकारकै जनप्रतिनीधीले नेकपाका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा प्रहरीलाई नै असहयोग गरेको देख्दा आफलाई अचम्म लागेको प्रहरी प्रमुख साहको भनाई छ।

आफुले नेकपाका कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीलाई असहयोग गर्नेलाई समेत कारवाही गर्न खोज्दा नेकपाकै एक संसदसँग चर्काचर्की परेको प्रहरी प्रमुख साहले बताए। एकातिर सरकारले नेकपालाई प्रतिबन्ध लगाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग जो सुकैलाई कार्वाही गर्ने बताई रहँदा मुगुमा भने नेकपालाई सहयोग गर्नेलाई कार्वाही गर्न खोज्दा सरकार समर्थित दलका संसदले कार्वाही नगर्न दवाव दिई रहेका प्रहरी कार्यालयले जनाएको छ।

सोमबार विहान प्रहरीले पक्राउ गर्ने बेला ढुंगामुढा हुन थालेपछि गाउँलेलाई त्यसो नगर्न सुझाएको तर प्रहरीले पक्राउ गर्ने बेला गाउँले उकासेको भन्ने कुरा गलत भएको १४ नम्बर वडाका अध्यक्ष नन्दलाल बढुवालले दावी गरेका छन्।

केही दिन अगाढी सोरु गाउँपालिका–७ जिमा गाउँमा पनि नेकपाका कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरी माथिढुंगा मुढा भएको थियो। ढुंगामुढा गर्ने तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रशासन कार्यालयले जनही ५० हजार धरौटीमा छोडेको थियो .

प्रतिक्रिया