नेपाल तरुणदल नेपालगन्ज नगर सभापति संदिप जंग शाह बिहीबार साझ ८:३० बजे पेस्तोल सहित पकाउ परेका छन् । उनीसहित अन्य छ जनालाई नेपालगन्ज उपमहानगरपालिका वडा. नं. २० मा रहेको नमस्ते भिलेज रिसोर्टबाट ईलाका प्रहरी कार्यालय कोहलपुरवाट डिएसपी हेम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी पक्राउ गरेको हो।
उनीसहित दिनेश शाही, राघब शाह सानु , माधब नेपाली, यम बहादुर बुढा र प्रितम थापा मगरलाई पनि प्रहरीले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीका अनुसार, रिसोर्टको वाहिर पार्किङ गरेर राखिएको बा १८ च ४२११ गाडीलाई चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको अवस्थामा मेड इन युसए लेखेको अटोमेटिक पेस्तोल एक थानको साथै म्याग्जीनमा लोड गरेर राखिएको २ थान गोली समेत बरामद गरिएको हो ।उनीहरुका बिरुद्ध आबस्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।