कर्फ्यु तोडेको भन्दै प्रहरीद्वारा गोली प्रहार, भारतीय नागरिकको मृत्यु

कर्फ्यु तोडेको भन्दै प्रहरीद्वारा गोली प्रहार, भारतीय नागरिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ कार्तिक २०७६
  • 3.2K
    Shares

सुरजकुमार पाण्डे

प्रहरीको गोली लागेर कपिलबस्तुको कृष्णनगरमा एक भारतीय नागरिकको मृत्यु भएको छ । प्रहरीको गोली लागेर कृष्णनगर नगरपालिका-२ मा चिया पसल गरेर बस्ने सिमाबर्ती भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको हो ।

लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा स्थानिय बासिन्दा बीच बिबाद भएको थियो भने बिबाद  झडपमा परिणत भएको थियो।  झडप उग्र भएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु  जारी गरेको थियो । प्रहरीले कर्फ्यू उलंघन गरेको भन्दै गोली चलाउँदा पाण्डेको मृत्यु भएको बताइएको छ।  हरीले झडप नियन्त्रण गर्नेभन्दा पनि त्यसलाई बढाउने उद्देश्यले ताकेर गोली हानेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

बुधबार साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा हिन्दु र मुसलमान पक्षबीचको विवादले झडपको रुप लिएको प्राप्त समाचारमा जनाइएको छ  ।

प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो, अहिले पनि जारी छ । स्थानीय प्रशासनका अनुसार कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ।

प्रतिक्रिया