ने.क.पा. कास्की इन्चार्ज रुपेश जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरबाट फेरी गिरफ्तार

ने.क.पा. कास्की इन्चार्ज रुपेश जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरबाट फेरी गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ कार्तिक २०७६
  • 4K
    Shares

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश र पत्रकार ओम हमाल

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई लमजुङ प्रहरीले अाज जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरबाट फेरि गिरफ्तार गरेकाे छ । विगत एक महिनादेखि शान्ति सुरक्षामा खलल पुर्याएकाे झुट्ठा मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङको हिरासतमा राखिएका नेता रूपेशलाई अाज जिल्ला प्रशासन कार्यालय लमजुङले रू. एक हजार धराैटी लिई तारेखमा छाड्न अादेश दिएकाे थियाे ।

नेता रूपेशले धराैटी बुझाउन इन्कार गरेका थिए । धराैटी नबुझाएपछि उनलाई धराैटी बराबरकाे कैद भुक्तानका लागि जिल्ला कारागार पठाउनुपर्नेमा त्यसाे नगरी प्रहरीले जिल्ला प्रशासन परिसरबाटै फेरि गिरफ्तार गरेकाे समाचार स्राेतले जानकारी दिएकाे छ । लमजुङ प्रहरीले गिरफ्तार गरेका नेता रूपेशलाई अाज नै पर्वत लगिएको समाचार स्राेतकाे दाबी छ ।

गएकाे भदाै ६ गते उनी र पत्रकार अाेम हमाललाई पाेखरा महानगरपािलका वडा नं २९ खुदी लेखनाथबाट कास्की प्रहरीले गिरफ्तार गरेकाे थियाे । पत्रकार हमाल सर्वाेच्च अदालतकाे अादेशले काठमाडौंबाट छुटेका छन् भने नेता रूपेशलाई सर्वाेच्चले छाड्न अादेश दिएपनि प्रहरीले अदालतकाे अादेश लत्याउँदै गिरफ्तार गर्ने गरेकाे छ । उनले साेही क्रममा कास्की, तनहुँ, गाेर्खा र स्याङ्जा जिल्लाका प्रहरी हिरासतमा बन्दी जीवन बिताईसकेका छन् ।

प्रतिक्रिया