जुवाखालाबाट क्यासिनो किङ्गसहित २५ जना पक्राउ, दुई करोड बरामद

जुवाखालाबाट क्यासिनो किङ्गसहित २५ जना पक्राउ, दुई करोड बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० कार्तिक २०७६
  • 4.3K
    Shares

काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट ‘क्यासिनो किङसहित २५ जनालाई प्रहरीले पक्राउ  गरेको छ । जुवाखालबाट जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेक बरामद भएको छ ।

महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम पौडेलको घरमा प्रहरीले छापा मारेको थियो । पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार, पक्राउ पर्नेमा‘क्यासिनो किङ’ भनिने बलराम सापकोटा (बले), इन्द्र बानियाँ, शोभित सिलवाल लगायत छन् । पक्राउ पर्नेहरुमा व्यापारी, ठेकेदार, मारवाडी समुदायका व्यक्तिहरु रहेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा क्यासिनोमा मिटर ब्याजको धन्दा चलाउने ‘बलराम’ भनिने बले सापकोटा, शोभित सिलवाल लगायतका छन् ।

प्रतिक्रिया