पत्रकार ददेलमाथि आक्रमणको प्रयास, हात काट्ने सत्तारुढ नेकपाका नेताको चेतावनी

पत्रकार ददेलमाथि आक्रमणको प्रयास, हात काट्ने सत्तारुढ नेकपाका नेताको चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ कार्तिक २०७६
  • 3.7K
    Shares

प्रविर ददेल र दिपक केसी

सत्तारुढ नेकपा रुकुमका एक स्थानीय नेताले समाचार लेख्ने पत्रकारको हात काट्ने चेतावनी दिएका छन्। मुसिकाेट नगरपालीका १३ का वडाध्यक्ष समेत रहेका नेकपाका स्थानीय नेता दिपक केसीले समाचारकै विषयमा लिएर रेखदेख साप्ताहिकका प्रकाशक/ सम्पादक प्रवीर ददेलको हात काट्ने तथा ज्यान लिने धम्की दिएका हुन्।

समाचारको विषयमा पटकपटक धम्कयाउँदै आएका केसीले शुक्रवार भने ददेललाई खाना खाइरहेका ठाउँमा आक्रमणको प्रयास गरेका थिए। साथमै रहेका अन्य स्थानीयनले आक्रमणबाट जोगाए पनि ददेललाई जहाँ भेट्यो त्यहि ठीक पार्ने धम्की समेत केसीले दिएका छन्।

यसैबीच नेपाल प्रेस युनियनले घटनाको भत्सर्ना गर्दै आक्रमणको प्रयास गर्ने तथा धम्की दिने नेकपाका नेता केसीलाई कानुनी कार्वाहीको माग गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली समाचार लेख्ने पत्रकारको हात काट्छु भन्ने नीज केसीलाई कानुनी दायरामा ल्याई पत्रकारलाई भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रसासनसँग माग गरेका छन्

प्रतिक्रिया