वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ कार्तिक २०७६
  • 6.8K
    Shares

गुणराज लोहनी

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको भरतपुर महानगरपालिका-११ बसेनीस्थित घरबाट गिरफ्तार गरेको हो ।

सोमबार विहान ७.३० बजेको समयमा कोठाबाट मर्निङवाक जाने तयारी गर्दै गर्दा सादा पोशाकमा आएका ५/७ जनाको प्रहरी टोलीले आफ्ना श्रीमानलाई बिना जानकारी जबर्जस्ती लिएर गएको उनकी धर्मपत्नी सरला रेग्मीले आफ्नो फेसबुक स्टाटसमार्फत जानकारी दिएकी छिन ।

रेग्मीले आफ्नो फेसबुक स्टाटसमा एक लाखमा एकजनालाइ हुने माइजथेनिया ग्रयनविज/ स्पोन्डिलोसिस) रोग, उच्च रक्तचाप अनि पेटको समस्याको बिरामी रहेका लोहनीलाई पार्टीले बिदाई गरिसकेको अबस्थामा किन प्रहरीले गिरफ्तार गरेको हो भनेर प्रश्न गरेकी छिन। उनले “जो कलमविर हो । उ आस्था र बिचार बोकेर कलम बोकेर संसदिय गणतन्त्र र नयाँ गणतन्त्रको मध्यस्थतामा अहोरात्र खटिरहनु भएको” कुरा उल्लेख गर्दै वहाँलाईआफ्ना श्रीमान् गुणराज लोहनीलाई गिरफ्तार गरिनुको कारण बारे जानकारी पौने अधिकारबाट बन्चित गरिएको’ टिप्पणी गरेकी छिन।

लोहनी विप्लव नेतृत्वको ने.क.पा.का केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उनलाई पार्टीबाट विदाई गरिएको थियो ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान दिएका छन् । उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया